यो बाटोमा हातमा हात मिलाई हामी सँगै हिँडौँ!

यो संसार अन्धकारले भरिएको छ। धनी र गरिब देशहरूबीच आर्थिक विकासको भिन्नता छर्लङ्गै छ। संसारभरि अहिले खर्बौ मानिसहरू भोकमरीले पीडित छन्। आधाभन्दा बढी जनता दैनिक ३ डलरभन्दा कममा आफ्नो जीविकोपार्जन गर्दै छन्। करोडौँसँग त पानीको पनि सुविधा छैन। बाँच्नको लागि मात्र पनि सङ्घर्षै सङ्घर्ष गर्नुपर्छ। साम्राज्यवादले ठाउँठाउँमा बमविस्फोट गराउँछ र मसानघाटमा परिणत गरिदिन्छ। नारीजातलाई अहिलेसम्म पनि सम्पत्ति अझै भन्दा सामानझैँ व्यवहार गरिन्छ। गरिब र फोहोर बस्तीहरु बढिरहेका छन्। मान्छेहरू कबाडी र फोहोर जसरी मासिदैँ छन्। समुँद्र तथा महासागरहरू दिनदिनै प्रदुषित हुदैँछन्। आकाश मैलिँदै छ। जङ्गल काटिँदा काटिँदा हराउन थालेको छ। संसार पारिस्थिकय दुर्घटनामा जाँदै छ।

यसको समाधान छ। पछिल्लो शताब्दीमा दुईवटा ठूला एैतिहासिक घटनाहरू घटेका थिए। केही क्षणका लागि लाखौँ मान्छेहरू एकजुट भएर क्रान्तिको बाटोमा लागेका थिए। लाखौँ मानिसहरूले पुरानो बाटो ठीक नभएको ठहर्याएका थिए। मौलिक समाधानको आवश्यकता थियो। समाजलाई जरैबाट पुनर्स्थापना गर्नुपर्ने सबैलाई बिस्तारै भान भईरहेको थियो। यी दुई ठूला क्रान्तिकारी लहरहरू बोल्शेभिक र माओवादीहरूबाट प्रदर्शीत भएका थिए। बोल्शेभिक क्रान्ति सन् १९५० को दशकमा पराजीत भएको थियो भने सन् १९७० को दशकमा माओवादी क्रान्ति। हामी सन् १९१७ भन्दा अगाडिको लेनिनझैँ अहिले संसारको अगाडि छौँ। समाजवादी राष्ट्रहरू त छैनन् तर हामी अर्को तरङ्ग तथा अर्को लहरको अगाडि छौँ – तुफानको अगाडिको मौनता को अगाडि छौँ।

आउँदो नयाँ उपलब्धिहरूको कार्य हाम्रो हो, नयाँ लहर उठाउने कार्य हाम्रो हो। हामीले मार्गदर्शी प्रकाश साम्यवादको स्थापना गरिसकेका छौँ, जुन अन्तराष्ट्रीय साम्यवादी आन्दोलनको पुनर्जीवित सिद्धान्त र अभ्यास हो, एउटा विचारधारा हो र विचारधारा औजार हो। यो हतियारलाई हामीले सकेसम्म विश्वभरी फैलाउन पर्छ। पुरानो शक्तिहरूलाई जरैबाट उखालेर नयाँ शक्तिको आवाज संसारमा उठाउनको लागि तेस्रो विश्वका राष्ट्रहरूको सर्वहारा वर्गको हातमा यो हतियार दिनु पर्छ।

शोषक ‘पहिलो’ विश्वमाथि पूर्ण विजय प्राप्तिको लागि जनतालाई सेवा गर्न, मिलेर एकजुट हुन र मार्गदर्शन गर्न विचारधारा, परियोजना, नेतृत्व, र संस्था हामीसँग छ। आउँदो विश्व विमुक्तिकरणको लडाईमा हाम्रो ब्यानर लहराउने छ। विश्वव्यापक रूपले एकतृत भएर यो दूषित व्यवस्थालाई भङ्ग गरी हामी उत्पीडनरहित सुन्दर नयाँ संसारको संरचना गर्ने छौँ।

हाम्रो संघर्षको लक्क्षहरू

१. हामी साम्यवाद चाहन्छौँ।  गरिबी, शोषण, उत्पीडन, वातावरणीय विनाश, अथवा मानिसहरूलाई विभाजित गर्ने राजनीतिक सीमाहरूरहित एउटा नयाँ संसार चाहन्छौँ । एउटा यस्तो संसार चाहन्छौँ जहाँ उत्पादन सबैद्वारा मिलेर सामुहिक र वैज्ञानिक तरिकाले व्यवस्थित गरिन्छ, सबैलाई बराबरको फाइदा मिल्छ र साथसाथै हाम्रो वातावरणको पुनर्स्थापनामा पनि ध्यान दिईन्छ। हामी एउटा विश्व्यापी समाज चाहन्छौँ जहाँको उत्पादन सिद्धान्त ‘प्रत्येकबाट क्षमता अनुसार’ र वितरण सिद्धान्त ‘प्रत्येकलाई जरूरत अनुसार’ हुने छ।

२. हामी निरन्तर क्रान्ति चाहन्छौँ, नयाँ समाजवादी लहरबाट साम्यवादसम्म। नयाँ समाजवादी परिवर्तनको प्रक्रिया सिधा अथवा सोझो छैन। आउँदो नयाँ समाजवादी राष्ट्रहरूको अस्तित्व सर्वहारा संसारमा छरिएको र एक्लिएको हुने सम्भावना बढी छ। पुराना उत्पादक बलहरू, सामाजीक सम्बन्धहरू र संस्कृति जुन नयाँ समाजवादमा अझै पनि कायम रहने छन्, तिनले पुँजीवादी प्रतिक्रान्तिहरू निम्त्याउने छन्। यी पुँजीवादी प्रतिक्रान्तिकारीहरूले आफ्ना कार्यक्रमहरूलाई समाजवादी विचारधाराको भेषमा प्रचार गर्ने छन्। अनेकौँ सर्वहारा सांस्कृतिक क्रान्तिहरूद्वारा मात्रै सर्वहारा वर्गले बुर्जुवा वर्गमाथि लोकतन्त्रलाई कायम राख्न सक्ने छ। यो नयाँ संस्कृतिले सर्वहारा वर्गको नयाँ समाजवादी गतिलाई साम्यवाद सम्म कायम राख्ने छ।

३. हामी भूमण्डलीकृत रूपको नयाँ समाजवाद चाँहन्छौ – एक्काइसौँ शताब्दीमा सर्वहारा वर्गको लोकतन्त्र चाँहन्छौ। सम्भवतः वैश्विक विमुक्तिकरणको लडाईले सुरूमा त प्रतिसाम्राज्यवादी संघहरूलाई  सर्वहारा विश्वमा भएका नवऔपनिवेशिक पुराना शक्तिहरूको उन्मूलन गर्न निर्देशन दिने छ। तर नयाँ समाजवादी सर्वहारा वर्गको लोकतन्त्रबिना भने साम्यवादतिरको गति सुस्त नै हुने छ। मार्गदर्शी प्रकाश साम्यवादको क्रान्तिकारी विज्ञानमा आधारित नयाँ समाजवादी सर्वहारा वर्गको लोकतन्त्रले नेतृत्व लिने छ। नयाँ समाजवादी प्रशासनहरू एकीकृत भएर आफ्नो नायकत्व जताउने समय आएको छ, बुर्जुवा विश्वको चाकरी गर्ने नवऔपनिवेशिक नोकरहरूमाथि मात्र हैन, पुरै बुर्जुवा विश्वमाथि नै। सर्वहारा विश्वले आफ्नो अस्तित्वलाई कायम गर्न र सदाबहार बनाउन चाहन्छ भने बुर्जुवा विश्वमाथि आफ्नो लोकतन्त्रलाई व्यवहारमा ल्याउनै पर्छ।

४. हामी बुर्जुवा विश्व र त्यसका नवऔपनिवेशक दलालहरू विरुद्ध एउटा विश्वव्यापी एकीकृत जनमोर्चा चाहन्छौँ। मार्गदर्शी प्रकाश र त्यसको जनसेनाको नयाँ शक्तिले सबै त्यसता समुदायहरूसँग मित्रता बढाउने छ जसले हाम्रो मुख्य शत्रु बुर्जुवा विश्व विरुद्ध हतियार उठाउने छन्। तर मार्गदर्शी प्रकाशले आफुलाई यो विश्वव्यापी एकीकृत जनमोर्चामा परिसमाप्त नगरी यसलाई सचेत नेतृत्व दिने कार्य मात्र गर्ने छ।

५. हामी बुर्जुवा विश्व र त्यसका नवऔपनिवेशक दलालहरू विरुद्ध सर्वहारा विश्वको वैश्विक विमुक्तिकरणको लडाई चाहन्छौँ। मार्गदर्शी प्रकाशको जनयुद्ध एउटा आन्दोलन हो, नवऔपनिवेशकहरूको टेबलमा सिटको लागि सौदा गर्ने होइन, पुरानो शक्तिहरूलाई गिराएर जनताको नयाँ शक्तिलाई विस्तार गर्ने र प्रगाढ बनाउने लडाई हो। सर्वहारा विश्वका वैयक्तिक विमुक्तिकरणका लडाईहरू वैश्विक विमुक्तिकरणको लडाईको एक हिस्सा हो र मार्गदर्शी प्रकाशको नेतृत्वमा आउने नयाँ समाजवादी राष्ट्रहरू यसका रेड बेस क्षेत्रहरू हुन्।

६. हामीलाई जनसेना चाहिन्छ। जनसेनाबिना जनतासँग केही छैन। जनसेनाले नयाँ शक्तिलाई सुरक्षा दिने र विस्तार गर्ने कार्य गर्दै प्राथमिक विजयसम्म लग्ने छ – एउटा नयाँ समाजवादी राष्ट्रको स्थापनासम्म पुर्याउने छ। जनसेनाको कार्यदायरा विशेष गरी फौजी हैन, जनसेनाले जनसमूहसँगै उत्पादन र साँस्कृतिक कामहरूमा पनि भाग लिने छ र वैश्विक विमुक्तिकरणको समयमा क्रान्ति ल्याउन सचेत भूमिका खेल्ने छ। विमुक्तिकरणका योद्धाहरू नयाँ शक्तिको राजनीतिक शिक्षा र जन कार्यक्रमहरूद्वारा मार्गदर्शी प्रकाश साम्यवादमा आकर्षित भएर स्वयम् जनसमूहबाटै नियुक्त हुने छन्।

७. हामी नयाँ शक्तिको स्थापना गर्न चाहन्छौँ, जुन नयाँ समाजवादबाट साम्यवाद सम्मको लागि आवश्यक मूल हुने छ। खेतहरू, आधारभूत संरचनाहरू, स्वास्थ्य संस्थाहरू, विद्यालयहरू, जनसभाहरू र अदालतहरू आदि इत्यादिको निर्माण गर्दै हामीले एउटा लघु समाजको रचना गर्न पर्ने हुन्छ। नवऔपनिवेशिक राज्यहरूलाई लड्दै गर्दा यी जनसेवाका कार्यक्रमहरूले अहिले विद्यमान नवऔपनिवेशिक संस्थाहरूलाई प्रतिस्थापना गर्दै सर्वहारा विश्वलाई प्रभावमा ल्याउने छ। यदि मार्गदर्शी प्रकाश साम्यवादीहरू आफैले जनताका लागि त्याग गर्न सक्ने छैनन् भने, हामी जनताबाट पनि साम्यवादको लागि लड्ने आशा राख्दैनौँ।

८. हामी मार्गदर्शी प्रकाश साम्यवादी राजनीतिलाई अग्रणी देख्न चाहन्छौँ। औपनिवेशिक पुँजीलाई सेवा गर्ने धेरै गैर सरकारी संस्थाहरू जसरी हामी जनताको जीवन मात्र अलि बढी सहनीय बनाउन खोज्दै छैनौ। हामी वैश्विक पुँजीवादी व्यवस्थालाई जरैबाट उखेल्ने प्रयास गर्दै छौँ। यस प्रयोजनको लागि माप्रसाले स्रोत र साधन जुटाउन पर्ने छ, नयाँ कमरेडहरूलाई नियुक्त गर्न पर्ने छ र सही क्रान्तिकारी योजनाको लागि लगातार संघर्ष गर्न पर्ने छ।